लिभरपुल इएफएल कपको सेमिफाइनलमा

लिभरपुल इएफएल कपको सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

इंग्लिस क्लब लिभरपुलले इएफएल कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ।बुधबार राति अर्को इंग्लिस क्लब वेस्टह्याम युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। 

लिभरपुल सेमिफाइनलमा प्रवेश गरेसँगै अन्तिम चारमा पुग्ने सबै टिमको टुंगो लागेको छ। यसअघि चेल्सी, फुलह्याम र मिडिल्सवर्गले सेमिफाइनलमा स्थान बनाएका थिए।

बुधबार राति वेस्टह्यामविरुद्ध लिभरपुललाई जित दिलाउन लिभरपुरका कुर्टिस जोन्सले २ गोल गर्दा डोमोनिक, म्याथेस गाकपो र मोहमद सलाहले एक एक गोल गरेका थिए।

वेस्टह्यामका जारोड बोविनले एक गोल फर्काए। २८ औँ मिनेटमा डोमोनिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल गरेको लिभरपुलले दोस्रो हाफमा ४ गोल थप्दा १ गोल ब्यहोरेको थियो।

५६ औँ मिनेटमा कुर्टिसले गोल गर्दै अग्रता दोब्बर बनाए। गाकपोले ७१ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ३-० ले अघि बढेको थियो। ७७ औँ मिनेटमा वेस्टह्यामा जारोडले गोल फर्काउँदै अन्तर ३-१ बनाएका थिए। यसैगरी मोहमद सलाहले ८२ औँ मिनेटमा गोल गरेपछि लिभरपुल ४-१ ले अघि बढेको थियो।

८४ औँ मिनेटमा कुर्टिसले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गर्दै लिभरपुललाई शानदार जित दिलाए। अब इएफएल कपको सेमिफाइनल खेलको पहिलो लेग जनवरी ९ र दोस्रो लेग जनवरी २३ मा हुनेछ। सेमिफाइनलमा चेल्सी र मिडिल्सवर्ग तथा लिभरपुल र फुलह्यामले खेल्ने छन्। 

Skip This
Skip This
Logo