इंग्लिस प्रिमियर लिगः आर्सनल र लिभरपुलले बराबरी खेले

इंग्लिस प्रिमियर लिगः आर्सनल र लिभरपुलले बराबरी खेले

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन्।  

शनिबार राति सम्पन्न खेलमा दुवै टिमले एक-एक गोलको बराबरी खेल्दै एक एक अंक बाँडेका हुन्। बराबरीले आर्सनल र लिभरपुल दुवैलाई फाइदा पुगेको छ। आर्सनल शीर्ष स्थानमा उक्लिएको छ भने लिभरपुल दोस्रो स्थानमा पुगेको छ। 

एक दिन अघि शीर्ष स्थानमा उक्लिएको एस्टन भिल्ला भने तेस्रो स्थानमा पुगेको छ।आर्सनलको ४० अंक रहँदा लिभरपुल र एस्टन भिल्लाको भने ३९ अंक रहेको छ। शनिबार रातिको खेलमा सुरुआती अग्रता भने आर्सनलले लिएको थियो। चौथो मिनेटमै ग्रेब्रियल माहाल्हेसले गोल गर्दै अग्रता दिलाएका थिए।

उनले मार्टिन ओडेगार्डको पासमा गोल गरेपछि लिभरपुल घरेलु मैदान एनफिल्डमा सुरुमै पछि परेको थियो। तर, २९ औँ मिनेटमा लिभरपुलले बराबरी गरेको थियो। मोहमद सलाहले एलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

Skip This
Skip This
Logo