प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले यहाँका विभिन्न क्लवबाट ४८ खेलाडी छानेर ४ टिम निर्माण गरेको छ। दुई दिने शिविरमा झण्डै ८० खेलाडी आएका थिए।
तिनै खेलाडीबाट टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएका हुन्। टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ्ग तथा म्यानेजरमा रमेश यादव रहेका छन्। बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोचमा विजय रावत तथा म्यानेजरमा अरुण पौडेल रहेका छन्।
दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ, कोचमा रिजन प्रजु तथा म्यानेजरमा पूर्ण न्यौपाने रहेका छन्। त्यस्तै, टिम फेवाको क्याप्टेनमा अभिषेक थापा,कोचमा ऋषिकेस शर्मा पौडेल तथा म्यानेजरमा कमल थापा रहेका छन्।
ऋषिकेस शर्मा पौडेल र कमल थापा चयनकर्तामा थिए। यस पटकको छनौंटमा खेलाडीहरुको सहभागिता उल्लासमय रहेको पौडेलले बताए। पुष १० देखि जिल्ला छनौंट खेल सुरु हुने आयोजक संघका कोषाध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए। छानिएका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै कास्कीको गरिमा बढाउने उनले विश्वास व्यक्त गरे।































प्रतिक्रिया