अनलाइन कराँतेमा नितालाई स्वर्ण

अनलाइन कराँतेमा नितालाई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सद्गुरु मास्टर्स कप अनलाइन इन्टरनेशनल कराँते काता च्याम्पियनसिपमा नेपाली खेलाडी निता आचार्यले स्वर्ण पदक जितेकी छिन् ।

केरला कराँते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको ईभेन्टसमा नेपाली खेलाडी निताले फिलिपिन्सकी ईसेल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले २४.१४ अंक प्राप्त गरेकी थिईन् । उनकी प्रतिद्वन्द्वी अक्विनोले २३.८ अंक प्राप्त गरिन् ।

यस्तै कराँते खेलाडी एवं प्रशिक्षक रवीन्द्र मानन्धर रजतमा खुम्चिए । ३५–४५ बर्ष उमेर समूह ‘ए’ बाट फाइनल प्रवेश गरेका उनी स्पेनका खेलाडी जिसस कनसुयगरा सँग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भएका थिए । जिससले २४.६४ अंक प्राप्त गर्दा मानन्धरले २४.३८ अंक प्राप्त गरेका थिए ।

विश्व कराँते महासंघ र एशियाली कराँते महासंघको नियममा खेलाईएको अनलाईनल च्याम्पियनसिपमा ३५–४५, ४५–५५, ५५–६५ र कुबुदो गरि ४ विधामा प्रतिस्पर्धा गराईएको थियो । च्याम्पियनसिपमा जापान, भारत, स्पेन, श्रीलंका, नेपाल, फिलिपिन्स, भियतनाम, भनेजुयला लगायतको सहभागिता रहेको थियो ।

Logo