बर्नलीमाथि लिभरपुलको सहज जित

बर्नलीमाथि लिभरपुलको सहज जित

केन्द्रबिन्दु
0
Shares

ईङ्ग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा डर्विन नुनेज र डिओगो जोटाले एक एक गोल गरेका थिए। १९ खेलमा ४२ अंक रहेको लिभरपुल यो जितपछि लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

यद्यपी एक खेल कम खेलेको आर्सनल १८ खेलमा ४० अंकसहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरी बर्नलीको भने यस सिजनमा यो १४औं हार हो। १९ खेलमा ११ अंक रहेको बर्नली लिगमा १९औं स्थानमा रहेको छ।

Logo