प्रधानमन्त्री कप महिला क्रिकेटः कोशीले सुदूरपश्चिमलाई हरायो

प्रधानमन्त्री कप महिला क्रिकेटः कोशीले सुदूरपश्चिमलाई हरायो

केन्द्रबिन्दु
0
Shares

जारी प्रधानमन्त्री कप महिला टी- २० क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिम प्रदेशले दिएको ११९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। यसअघि सुदूरपश्चिमले पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो।

यो जितसँगै कोशी प्रदेशको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ। यो जितपछि कोशी प्लेअफमा पुग्ने निश्चित भएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशको भने ६ खेलमा ८ अंक रहेको छ , सुदूरपश्चिमको प्लेअफको सम्भावना कायमै छ।

अब कोशी प्रदेशले लिग चरणको अन्तिम खेलमा शनिबार लुम्बिनीको सामना गर्ने छ भने सुदूरपश्चिम प्रदेशले शनिबार लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेल्ने छ।  

Skip This
Skip This
Logo