कोशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला टी- २० को फाइनलमा

कोशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला टी- २० को फाइनलमा

केन्द्रबिन्दु
0
Shares

विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ। एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो।

एपीएफले दिएको १४० रनको लक्ष्य पछाएको कोशी प्रदेशले २० ओभरमा ४ विकेट गुमाउदै ८७ रन बनाएको थियो। यसअघि पहिला ब्याटिङ गर्दै एपीएफले २० ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो।

यो हारपछि कोशी प्रदेशले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ। अब कोशीले दोस्रो क्वालिफायरमा आजै हुने सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीचको इलिमिनेटरको विजेतासँग खेल्नेछ। दोस्रो क्वालिफायर सोमबार हुनेछ।

त्यस्तै यस प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै फाइनलमा पुगेको एपीएफले उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग बुधबार खेल्नेछ। 

Skip This
Skip This
Logo