मिनी म्याथनको उपाधि स्काइ र सुस्मितालाई

मिनी म्याथनको उपाधि स्काइ र सुस्मितालाई

केन्द्रबिन्दु
0
Shares

११ किलोमिटर दूरीको मिनी म्याराथन उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन्। झापामा आज आयोजित ‘देवी मावि मिनी म्याराथन’ मा १३४ जना धावकहरुको सहभागिता थियो।

धुलाबारी मोडबाटसुरु भएको मिनी म्याराथनमा मिक्लाजुङ ३ पाँचथरका लिम्बूले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन्। त्यस्तै, भद्रपुर २ की राईले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन बनिन्।

उपाधिसँगै लिम्बू र राईले समान २१ हजार नगद, मेडल र प्रमाणपत्र जितेका छन्। त्यस्तै, पुरुषतर्फ धावक फिदिम १० पाँचथरका मुक्साम लिम्बूले ३९ मिनेट १३ सेकेन्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरे।

शिवसताक्षी ३ का समिर कन्दङवाले ४० मिनेटमा दौड पूरा गर्दै तेस्रो भए। दोस्रो भएका लिम्बूले १५ हजार, मेडल र प्रमाणपत्र र तेस्रो भएका कन्दङवाले ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

महिलातर्फ बुद्धशान्ति ५ की सरिता दनुवारले निर्धारित दूरी ५८ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै दोस्रो र अर्जुनधारा ११ की सिमना जवेगूले निर्धारित दूरी १ घण्टा १ मिनेट १३ सिकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरिन्। 

दोस्रो भएकी दनुवारले १५ हजार, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो भएकी जवेगूले ११ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछिन्।विजेताहरुलाई पुस १९ गते विद्यालयमा हुने वार्षिकोत्सवको कार्यक्रममा पुरस्कार हस्तान्तरण गरिनेछ। प्रतियोगितामा महिला तथा पुरुष गरी १३४ जना धावकहरुले सहभागिता जनाएका थिए। 

झापा, बिर्तामोडको देवी माध्यमिक विद्यालयले आफ्नो ६१ औँ वार्षिकोत्सव अवसरमा प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले जानकारी दिइन्।

Skip This
Skip This
Logo