‘केपी ओली कप २०८०’ आगामी फागुन ११ गतेदेखि, विजेतालाई पनि ११ लाख

‘केपी ओली कप २०८०’ आगामी फागुन ११ गतेदेखि, विजेतालाई पनि ११ लाख

केन्द्रबिन्दु
0
Shares

केपी ओली कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी फागुन ११ गतेदेखि सुरु हुने भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनका अवसरमा आयोजना हुने यस प्रतियोगिताको बुधबार एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ, नेपालले पत्रकार सम्मेलन गरी ‘केपी ओली कप २०८०’ फागुन ११ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । 

प्रतियोगितामा ए डिभिजन लिगका क्लबसहित विदेशी क्लब पनि सहभागी हुने र त्यसका लागि खुल्ला आह्वान गरिने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । एन्फाको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ । यस्तै, फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख नगद र उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यो वर्ष विजेतालाई नगद पुरस्कार राशि पनि बढेको छ । अघिल्लो वर्ष विजेताले उपाधिसहित १० लाख नगद पाएका थिए । त्यति बेला फाइनलमा सातदोबाटो युथ क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले उपाधि जितेको थियो । 

यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदयीमान खेलाडी र विधागत उत्कृष्ट हुनेले समान ५० हजार प्राप्त गर्नेछन् । यसैगरी, प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार, ‘प्लेयल अफ द म्याच’ लाई १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Skip This
Skip This
Logo