जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुँदैछन्।
आज भैरहवामा गण्डकी प्रदेश र सुदूरपश्चिम आमने सामने हुँदैछन्। अहिलेसम्म गण्डकी प्रदेशले खेलेका दुवै खेलमा हार बेहोरेको छ र प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ।
त्यस्तै सुदूरपश्चिमले भने आफ्ना दुवै खेल जितेर प्रतियोगितामा शानदार शुरुवात गरेको छ। त्यस्तै आज अर्को खेल टियु मैदानमा एपीएफ क्लब र मधेश प्रदेशबीच हुँदैछ।
एपीएफले आफ्ना दुवै खेल जितेर अहिले अंक तालिकामा शिर्ष स्थानमा छ भने मधेश प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ।
त्यसैगरी आज तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ। कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार बेहोरेर जारी प्रतियोगितामा खराब सुरुवात गरेको छ भने आर्मीले आफ्ना २ खेलमा एक जित एक हार बेहोरेको छ।





























प्रतिक्रिया