कतार एफसी कपको राउन्ड अफ १६ मा

कतार एफसी कपको राउन्ड अफ १६ मा

केन्द्रबिन्दु
0
Shares

एएफसी एसियन कप फुटबलको डिफेन्डिङ च्याम्पियन कतारले राउन्ड अफ (सिक्सटीन) १६ मा स्थान पक्का गरेको छ। घरेलु टोली कतारले लगातार दोस्रो जित निकाल्दै समूह ए बाट अन्तिम १६ मा एक खेल अगावै स्थान बनाउन सफल भएको हो। 

कतारको अंक तालिकामा ६ अंक रहेको छ भने चीनको २ अंक छ  यसैगरी ताजकिस्तान र लेवनान एक एक अंकसहित क्रमश तेस्रो र चौथो स्थानमा छन्।सबैले समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ। 

बुधबार राति कतारले ताजकिस्तानमाथि १–० गोल अन्तरको जित निकालेको हो। कतारले पहिलो हाफको १७ औँ मिनेटमा अल्मोएज अलीको पासमा अकरम अफिफले गोल गरेपछि अग्रता लिएको थियो। 

उक्त अग्रता अन्तिमसम्म जोगाउँदै स्पष्ट ३ अंकका साथ अन्तिम १६ मा स्थान पक्का गर्ने पहिलो टिम पनि कतार बनेको छ। यही समूहमा रहेका चीन र लेबनानले बुधबार नै बराबरी खेल्दै अंक बाडेका थिए। अब समूह चरणको अन्तिम खेलमा घरेलु टोली कतारले चीनसँग र लेबनानले ताजकिस्तानसँग खेल्ने छन्।

Skip This
Skip This
Logo