आर्मीविरुद्ध कोशी ८८ रनमा अलआउट

आर्मीविरुद्ध कोशी ८८ रनमा अलआउट

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ। जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो।

कोशीका लागि कप्तान अंकित सुवेदीले सर्बाधिक ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए। कोशीलाई कम रनमा अलआउट गर्ने क्रममा आर्मीका बलर शाहाब आलमले ६ विकेट लिएका थिए।

आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन दिएर ६ विकेट लिएका थिए। त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिएका थिए।   

Skip This
Skip This
Logo