च्याम्पियन्स लिगका अन्तिम खेल पोर्चुगलको लिस्बोनमा गराइने तयारी

च्याम्पियन्स लिगका अन्तिम खेल पोर्चुगलको लिस्बोनमा गराइने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएमा पछिल्लो समय भइरहेको छलफल अनुसार च्याम्पियन्स लिगका अन्तिम आठ खेल पोर्चुगलको लिस्बोनमा हुने गरी तयारी भइरहेको छ ।

मे ३० मा इस्तानबुलमा हुने भनिएको फाइनल कोरोना भाइरस (कोभिड १९) का कारण प्रभावित भएकाले हाल खेलको नयाँ तालिकाको तयारी भइरहेको हो । यस्तै पोल्याण्डमा २७ मे मा हुने युरोपा लिगको फाइनल खेल पनि पछि धकेलिएको छ । उक्त खेल जर्मनीमा गर्ने गरी तयारी भइरहेको छ । कोरोनाकै कारण युरोपियन प्रतिस्पर्धाका अधिकांश खेलहरु मार्चदेखि रोकिएका हुन् ।

नयाँ तालिका अनुसार च्याम्पियन्स लिग फाइनल खेल अगस्ट २३ मा र युरोपा लिग फाइनल खेल अगस्ट २१ मा हुने तय गरिएको छ । यसैबीच, स्टोक सिटीका प्रशिक्षक माईकल ओनीललाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अन्तिम चरणको परिक्षणमा प्रशिक्षक ओनीललाई कोरोनाको संक्रमण पुष्टि भएको हो । प्रशिक्षकमा कोरोना देखिएपछि मंगलबार सूचना जारी गर्दै स्टक र म्यानचेस्टर युनाईटेडबीचको अभ्यास खेल पनि रद्ध भएको जानकारी गराइएको थियो ।

स्टोक युनाईटेडको केरिङटोन अभ्यास मैदानमा पुगेको थियो । सोही अवस्थामा ओनील एकेडेमीको भवनमा रहेको समय कोरोना भएको पुष्टि भएको थियो । ५० बर्षिय ओनीलको अघिल्ला पाँच चरणको परिक्षणमा कोरोना संक्रमण नेगेटिभ आएको थियो । यद्यपि छैटौं टेस्टमा कोरोना पोजेटिभ आएपछि पशिक्षक ओनीले नियमको पालना गर्दै क्वारेन्टिनमा बस्ने जनाएका छन् ।

च्याम्पियनसिप क्लबले मंगलबार ओनीललाई संक्रमणबारे पुष्टि गरेको थियो । ओनील आफ्ना प्रशिक्षक स्टाफ र खेलाडीसँग नियमित रुपमा सम्पर्कमा रहेको बताइएको छ । इंग्ल्याण्डमा टिमहरु अभ्यासमा सामेल भएपछि हप्तामा दुई पटक खेलाडी, प्रशिक्षक र पदाधिकारीको कोरोना भाइरस परीक्षण गर्ने गरिएको र अहिलेसम्म १४ जनामा संक्रमण देखिएको छ भने संक्रमित सबै आइसोलेसनमा छन् । यस अवस्थामा सहायक प्रशिक्षक बिली म्याककिन्लले प्रशिक्षणको जिम्मेवारी सम्हालेका छन् । अब, म्याककिन्लले जुन २० मा रिडिङबिरुद्ध हुने खेलको तयारी गराउनेछन् । स्टोक सिटी च्याम्पियनसिपको १७ औं स्थानमा छ । स्टोक क्लब रेलिगेशन जोन भन्दा तीन अंकले माथि छ ।

Logo