पुम्से च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णसहित ५ पदक

पुम्से च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्णसहित ५ पदक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डद्वारा आयोजित प्रतियोगितामा भर्चुअल अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा नेपाली खेलाडीले २ वटा स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा नेपालका लागि दावा शेर्पा र लक्ष्मण ऐरले स्वर्ण जितेका हुन् । नेपालले २ स्वर्णसहित २ रजत र १ कांस्य पनि हात पारेको छ । सस्मिता केसी र अर्जुन तामाङले रजत तथा रेशमाया गुरुङले कांस्य हात पारेका हुन् ।

प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए । जम्मा १३ जना निर्णायक मण्डलमा एसियाबाट निर्णायकको भूमिका निर्वाह गर्ने अशोक एक्लो हुन् ।

Logo