विदेशी फुटवलरलाई एन्फाको राहत, कोरोना रोकथाममा संरचना उपलब्ध गराउने

विदेशी फुटवलरलाई एन्फाको राहत, कोरोना रोकथाममा संरचना उपलब्ध गराउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अखिल नेपाल फुटवल संघ (एन्फा) ले घरेलु फुटवल खेल्दै आएका विदेशी खेलाडी तथा प्रशिक्षकलाई राहत वितरण गरेको छ । कोरोना भाईरस अर्थात कोभिड–१९ को महामारीबाट घरेलु फुटवल अवरुद्ध बनेपछि बेरोजगार बनेका २८ विदेशी खेलाडी तथा प्रशिक्षकलाई एन्फाले दैनिक उपभोग्य वस्तु वितरण गरेको हो ।

सहिद स्मारक ए डिभिजन लिगको दौरानमा विभिन्न क्लवबाट खेल्दै आएका खेलाडी तथा प्रशिक्षकलाई राहत वितरण गरिएको एन्फाले जनाएको छ ।
लामो समयदेखि सरकारले लकडाउनको घोषणा गरेपछि देशभरको जनजीवन प्रभावित बनेको छ । सोही अवस्थामा आर्थिक संकट व्यहोरेका विदेशी खेलाडी तथा प्रशिक्षकलाई एन्फाले राहत दिएको हो ।

एन्फाले आफ्नै साधन मार्फत राहत बोकेर उपत्यकाका विभिन्न स्थानमा रहेका खेलाडीलाई वितरण गरेको जनाएको छ ।  एन्फाले यसअघिनै आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरलाई कोराना विरुद्धको अभियानमा प्रयोग गर्न उपलब्ध गराइसकेको छ ।

यस्तै, एन्फाले विपद्को समयमा आफ्ना भौतिक संरचना आइसोलेशन अथवा क्वारेन्टाइन बनाउन आवश्यक भए उपलब्ध गराउने उल्लेख गरेको छ । एन्फाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ–‘नेपाल फुटवल संघको भौतिक संरचनाहरु ललितपुरको एन्फा कम्पेक्सको होस्टेल, बुटवल र धरानको फुटवलको होस्टेल र रौटहटको महिला फुटवल एकेडेमीहरुमा अस्थायी क्वारेन्टाइन र आइसोलेशनका लागि आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय सरकारले प्रयोग गर्न सक्ने कुरा जानकारी गराउँछौँ ।’

Skip This
Skip This
Logo