एट्लेटिको विजयी

एट्लेटिको विजयी

केन्द्रबिन्दु
0
Shares

गएराति सम्पन्न स्पेनिस ला लिगामा एट्लेटि विजयी भएकाे छ । एथ्लेटिकाेले सेभियामाथि २–० को जित निकाल्दै शीर्षस्थानकाे अंक थप बलियो बनाएकाे छ ।

एट्लेटिकोको १६ खेलबाट ४१ अंक पुगेको छ । जसमा १३ जित २ बराबरी र १ हार छ । १८ खेल खेलेको दोस्रो स्थानको रियल म्याड्रिडको ३७ अंक छ । पराजित भएको सेभियाले छैटौ स्थानमा रहेकाे छ ।

घरेलु मैदान वान्डो मेट्रोपोलिटानोमा भएकाे खेलको १७औं मिनेटमा नै एन्जेल कोरेयको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो ।  ७६औं मिनेटमा सउल निग्वेजले गोल गर्दै एट्लेटिकोलाई २–० को सहज जित दिलाए ।

Skip This
Skip This
Logo