काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण एक वर्ष पछि सारिएको यूरोकप फुटबल यूरोपको १२ देशका १२ वटा शहरमा आयोजना हुने भएको छ ।
प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा यूरोपका १२ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । यूरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले सन् २०२१ मा हुने यूरोकप १२ शहरमै हुने जनाएको छ । तर यूरोकपको नयाँ मिति भने तय भएको छैन ।
यस अघि सन् २०२० को यूरोकप जुन १२ देखि जुलाई १२ सम्म हुने बताइएको थियो । तर कोरोनाले यूरोपका अधिकांश राष्ट्रहरु प्रभावित भएपछि प्रतियोगिता सारिएको हो । युईएफएका प्रवक्ताले एक वर्ष सारिएको यूरोकप पुरानै मितिमा गर्ने तयारी भएको भएपनि मिति तय नभएको बताएका छन् ।
यूईएफए यस विषयमा १२ वटा आयोजक शहरहरूसँग सम्पर्कमा छ । केहि समय पछि मिति घोषणा गरिने बताइएको छ । यूईएफएका अनुसार यूरोकप लण्डन, आम्स्टरडाम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डुब्लीन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ ।





























प्रतिक्रिया