एक महिनापछि रोनाल्डिन्हो जेलबाट रिहा

एक महिनापछि रोनाल्डिन्हो जेलबाट रिहा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् । करिब एक महिने जेल बसाइपछि रोनाल्डिन्हो सशर्त जेल मुक्त भएका हुन् । नक्कली कागजात प्रयोग गरेको आरोपमा रोनाल्डिन्हो र उनका भाइ रोबर्टो गत महिना पक्राउ परेका थिए । दुवैले पाराग्वेको पासपोर्ट बोकेको आरोपमा पक्राउ परेका हुन् ।

उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाईएको थियो । तर, उनीहरु ३२ दिनपछि रिहा भएका हुन् । न्यायाधीश गुस्ताभो अमरिल्लाले मुद्दाको किनारा नलाग्दासम्म उनीहरुलाई एक होटेलमा बस्नेगरि रिहा गरिएको बताएका छन् ।

रोनाल्डिन्हो एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । त्यहि समय उनीहरु पक्राउ परेका थिए । रोनाल्डिन्होसँग अहिले ब्राजिलको पासपोर्ट समेत छैन । सन् २०१८ मा वातावरणीय जरिवानासँगै उनको पासपोर्ट खोसिएको थियो ।

सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए । फिफा प्लेयर अफ दि इयर, बालोन डी’ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

Skip This
Skip This
Logo