बार्सिलोना र रियल मड्रिडका पूर्वप्रशिक्षकको निधन

बार्सिलोना र रियल मड्रिडका पूर्वप्रशिक्षकको निधन


स्पेन ,

स्पेनका तीन ठूला क्लब बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडका पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ ।

सर्बियाका प्रशिक्षक एन्टिकको ७१ वर्षको उमेरमा मड्रिडमा निधन भएको हो । स्पेनका तीनै क्लबले पूर्व प्रशिक्षक एन्टिकको निधन भएको पुष्टि गरेको छ । उनी लामो समयबाट पेनक्रिएटाईटिस नामक रोगबाट ग्रसित थिए ।

सन् १९९० को दशकमा निकै चर्चित प्रशिक्षक एन्टिकले एट्लेटिको मड्रिडलाई सन् १९९६ मा ला लिगा र कोपा डेल रे उपाधि दिलाएका थिए ।

त्यसअघि उनले सन् १९९१ देखि ९२ सम्म रियल मड्रिडको टिम हेरेका थिए । त्यस्तै उनले सन् २००३ सम्म बार्सिलोनाको टिम हेरेका थिए । उनले सन् २०१० को विश्वकपमा सर्बिया टिम हेरेका थिए । च्याम्पियनसिप क्लब लुटोन टाउनका लिजेण्ड एन्टिकले सन् १९८२ मा क्लबलाई दोस्रो डिभिजनको लिग च्याम्पियन बनाएका थिए ।

Logo