काठमाडौं ।
नेपाली महिला गल्फर प्रतिमा शेर्पा फोर्ब्स पत्रिकाले निकालेको एशियाका प्रभावशाली व्यक्तिको सूचीमा परेकी छिन् । फोर्ब्सले सार्वजनिक गरेको एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा प्रतिमा अटाएकी हुन् ।
प्रतिमा ‘इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स’ विधामा सूचीकृत भएकी हुन् । उनी हाल पढाई र गल्फको प्रशिक्षणका लागि अमेरिकामा रहेकी छिन् ।
सान्टा बारबार सिटीमा पढिरहेकी प्रतिमा नेपालको नम्बर एक महिला गल्फर हुन् । उनको लक्ष्य नेपालको पहिलो महिला प्रोफेसनल गल्फर बन्ने रहेको छ । सूचीमा प्रतिमासहित नेपालका ६ जना अटाएका छन् । उनीबाहेक अन्य सबै यूवा उद्यमी हुन् । सूचीमा निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा, जेसलिना राणा र रोहित तिवारी परेका छन् ।































प्रतिक्रिया