बंगलादेशमा सम्पन्न बङ्गबन्धु म्याराथनमा नेपाली खेलाडी पुष्पाले जितिन् स्वर्णपदक

बंगलादेशमा सम्पन्न बङ्गबन्धु म्याराथनमा नेपाली खेलाडी पुष्पाले जितिन् स्वर्णपदक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक हात पारेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।

सो प्रतिस्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक प्राप्त गरिन् । उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गर्दै रजत हात पारेकी हुन् । प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । गत वर्ष नेपालमै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा भण्डारीले म्याराथनमा रजत पदक हात पार्न सफल भएकी थिइन् ।

भण्डारी विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आवद्ध छिन् । पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटी चाैथो भए । बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरेका थिए । दौडका क्रममा उनलाई चोट लागेपछि उनी पछि परेको प्रशिक्षक धनीराम चौधरीले जानकारी दिए । उनले १३ औँ सागमा भने म्याराथनमा स्वण पदक नै हात पारेका थिए ।

उक्त प्रतिस्पर्धामा भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक हात पारेका थिए भने भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भएका थिए ।

Logo