पीएसजीको सहज जित

पीएसजीको सहज जित

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिग वानमा पीएसजीले ब्रेस्टमाथि ३–० गोलको सहज जित निकालेको छ ।

घरेलु मैदानमा पीएसजीको जितमा मोइस किन, मोउरो इकार्डी र पाब्लो सारावियाले गोल गरे । खेलको १६औं मिनेटमा मोइस किनको गोलबाट पीएसजीले अग्रता लिएको थियो ।

८१औं मिनेटमा मोउरो इकार्डीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । खेलकाे ८२औं मिनेटमा पाब्लो सारावियाले मोउरो इकार्डीको पासमा गोल गर्दै पीएसजी ३ गोलकाे अग्रता बनाउँदै जित सुनिश्चित गरे ।

यो जितसँगै पीएसजी १९ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

Skip This
Skip This
Logo