गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिताका लागि अभिनय र झमेन्द्र छनोट

गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिताका लागि अभिनय र झमेन्द्र छनोट

केन्द्रबिन्दु
0
Shares

झापा ।
झापाका अभिनय राई र झापाकै झमेन्द्र राई गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि छनोट भएका छन् ।

प्रतियोगिता अन्तर्गत बिहीबारबाट विराटनगरमा सुरु प्रदेश १ स्तरीय छनोट प्रतियोगिताको पुरुष ४९ केजी फाइनलमा झमेन्द्रले उदयपुरका लक्ष्मण राईलाई पराजित गरे । अभिनयले सुनसरीका संगम राईलाई पराजित गर्दै छनोट हुन सफल भए ।

यसैगरी पुरुष ५२ केजी तौल समूहमा झापाका भुगाल लिम्बू र मोरङका यानव थुलुङ राई फाइनलमा पुगेका छन् । पुरुष ५२ केजीमा भुगालले सुनसरीका मिकेम लिम्बू र यानवले उदयपुरका कपिल राईलाई पराजित गर्दै फाइनलमा स्थान बनाए ।

यसैगरी पुरुष ५६ केजी तौल समूहमा सुनसरीका शिवम् राई र झापाका सुरेन्द्र राईले फाइनलमा स्थान बनाए । शिवमले उदयपुरका वसन्त राई र सुरेन्द्रले मोरङका अजय बस्नेतलाई सेमिफाइनलमा पराजित गरे । पुरुषकै ६० केजीमा झापाका तोविन प्रधानले फाइनलमा स्थान बनाए । उनले सोविन्द्र धरेवालाई पराजित गरे ।

Logo