प्रिमियर लिगमा आर्सनल विजयी

प्रिमियर लिगमा आर्सनल विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इंग्लिस प्रिमयिर लिगमा आर्सनलले एभर्टनलाई ३–२ ले पराजित गरेकाे छ । पिएरे एमरिक अबामेयाङले दुई गोल गर्दा आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको हो ।
खेलको पहिलो मिनेटमा नै एभर्टनका काल्भर्ट लेविनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २७औं मिनेटमा इडवार्ट एनकेटियाले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । ३३औं मिनेटमा अबामेयाङले डेविड लुइजसको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयमा रिचार्डलिसनले गोल गरेपछि एभर्टनले पहिलो हाफमा आर्सनललाई २–२ गोलको बराबरीमा रोक्न सफल भयो । दोस्रो हाफको एक मिनेट पनि वित्न नपाउँदै अबामेयाङ्ले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

बाँकी समयमा एभर्टन खेलमा फर्किन नसक्दा आर्सनलले जित निकाल्यो । आर्सनल ३७ अंकसहित नवौं स्थानमा छ भने एभर्टन ३६ अंकसहित एघारौं स्थानमा छ ।

Logo