नेपाली बक्सिङ टोली थाइल्यान्ड जाने

नेपाली बक्सिङ टोली थाइल्यान्ड जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

थाइल्याण्डमा आउँदो मार्च ७ देखी १७ सम्म हुन गइरहेको पाँचौ अन्तर्राष्ट्रिय थाइमार्सल आर्टस गेम फेस्टिभलमा भाग लिनका लागि नेपाली बक्सिङ टोली थाइल्यान्ड जाने भएको छ।

नेपाल थाइबक्सिङ एशोसियसनका उपाध्यक्ष तथा कोच सरोज गिरीको नेतृत्वमा खेलाडीहरु राजु राइ, बरुण घलेसहित ६ जनाको टोली मार्च ६ तारिखमा थाइल्यान्ड जाने भएको हो।

सरोज गिरीले कोच गर्ने उक्त खेलमा राजु राई नेपालमा दुई पटक च्याम्पियन भइसकेका खेलाडी हुन् भने बरुण घले भारतबाट समेत मेडल लिएका खेलाडी हुन् । थाइल्यान्डमा हुने खेलमा राजु ५७ किलो र बरुण ५४ किलोमा प्रतिस्पर्धा गर्ने कोच सरोज गिरीले बताए।

नेपालमा थाइबक्सिङ २०७० सालदेखी सुरु भएको थियो । सुरुमा नेपाल थाइबक्सिङ एसोसियसनका अध्यक्ष नवराज भन्डारीले २०७० सालमा भित्र्याएको खेलमा यतिबेला नेपालले प्रगती गरिरहेको छ ।

Logo