काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरू हुनेछ ।
वालिङ र चन्द्रपुर दुवै टोली दोस्रो जितको खोजीमा छन् । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ । उसको पाँच खेलमा पाँच अंक छ ।
५ खेलमा ३ अंक जोडेर छैटौँ स्थानमा रहेको चन्द्रपुर पनि आजको खेल जित्दै अंक तालिका सुधारको लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
प्रतिक्रिया