काठमाडौं ।
आइसीसी विश्वकप क्रिकेट लिग दुई खेल्न अमेरिकी र ओमानको टोली नेपाल आइपुगेको छ ।
अफिसियलसहित अमेरिकी टोली आइतबार साँझ काठमाडौं ओर्लेको हो । आइसीसीको सहयोगमा हुने प्रतियोगिताका लागि अमेरिकी टोली नेपाल आएको हो ।
अमेरिकी टिमले सोमबार कीर्तिपुरमा रहेको नेपाली क्रिकेट मैदानमा प्रशिक्षण गरेको थियो । यसैगरी ओमानको टोली पनि सोमबार नेपाल आइपुगेको छ ।
मंगलबार ओमानको टोलीले पनि कीर्तिपुर मैदानमै प्रशिक्षण गर्नेछ । अमेरिकी टिमले भने नेपाली टिमसँग सोही दिन मुलपानी क्रिकेट मैदानमा नेपालसँग अभ्यास गर्नेछ । प्रतियोगिता बुधबारबाट सुरु हुनेछ ।





























प्रतिक्रिया