काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएकाे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचकाे पहिलो हाफ १-१ को बराबरीमा सकिएको छ ।
खेलमा पुलिसले सुरुवाती अग्रता लिएको थियो । २० औं मिनेटमा बुद्व बल तामाङले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । कप्तान नीर कुमार राईको फ्रिकिकमा बुद्व बल तामाङले गरेको हेडर टप कर्नरमा गोल हुँदा गोलरक्षक बिकेश कुथुको बचाउने प्रयास सफल हुन सकेन ।
आर्मीका लागि ३५औं मिनेटमा सुमन अर्यालले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । सन्ताेष तामाङको फ्रिकिकमा आएको बललाई सुमनले हेडमार्फत गोल गर्न सफल भएका थिए ।





























प्रतिक्रिया