क्यान्सरविरुद्ध बृहस्पतिमा वाकाथन

क्यान्सरविरुद्ध बृहस्पतिमा वाकाथन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

बृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसरमा शनिबार वाकाथन आयोजना गरेको छ ।

बृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसर पारेर क्यान्सरबारे जनचेतना जगाउन वाकाथनको आयोजना गर्ने गर्दछ । यसपटक ३ किलोमिटरको वाकाथन आयोजना भएको थियो । जसमा बृहस्पतिका शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, राई स्कुलका शिक्षक, विद्यार्थी र सुकल्प इन्टरनेसनलका कर्मचारी गरी करिव २ सय जनाले ३ किलोमिटर वाकाथन गरेका थिए । वाकाथनको बृहस्पतिका प्रिन्सिपल कुमार थापाले उद्घाटन गरेका थिए ।

वाकाथन वृहस्पति प्राङ्गणबाट शुरु भइ सानो गौचरण, कालोपुल, हाँडीगाँउ, टंगाल हुदै विद्यालय हातामा आएर टुंगिएको थियो ।

उद्घाटन अघि ह्याम्स अस्पतालका सिनियर क्यान्सर विशेषज्ञ डाक्टर अरुण शाही, ह्यामसकै डाक्टर दिव्य मित्तल र क्यान्सर अस्पतालका डाक्टर अन्जली पण्डितले क्यान्सर लाग्नुका कारण, समाधान र खानपिनका बारेमा प्रकाश पारेका थिए ।

Logo