एपीएफ र न्यु डायमन्ड समूह विजेता

एपीएफ र न्यु डायमन्ड समूह विजेता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  साविक विजेता विभागीय नेपाल एपीएफ क्लब र साविक उपविजेता तथा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शुक्रबार भएको खेलमा समूह ‘बी’ मा न्यु डायमन्डले विभागीय नेपाल पुलिस क्लबलाई तथा समूह ‘ए’ माएपीएफले अर्काे विभागीय टोली त्रिभुवन आर्म क्लबलाई पराजित गर्दै समूह विजेता बनेको हो । पराजित पुलिस र आर्मीले समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । यससँगै तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । शनिबार एपीएफ र नेपाल पुलिस क्लब तथा न्यु डायमन्ड र आर्मीबीच खेल हुनेछ ।

होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

Logo