शहीद स्मारक ‘ए’ डिभिजन लिग : त्रिभुवन आर्मीद्वारा थ्री स्टार पराजित

शहीद स्मारक ‘ए’ डिभिजन लिग : त्रिभुवन आर्मीद्वारा थ्री स्टार पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा बुधबार भएको खेलमा आर्मीले थ्री स्टारलाई २–० गोलले हराएको हो ।

चौथो चरण अन्तर्गतको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा आर्मीका लागि नवयुग श्रेष्ठ र सन्तोष तामाङले गोल गरे । खेलको ५४ औँ मिनेटमा नवयुगले पहिलो गोल गरेका थिए । कप्तान भरत खवासले प्रहार गरेको बलको सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।

यस्तै खेलको ७९ औँ मिनेटमा सन्तोषले आर्मीका लागि दोस्रो गोल गरे । जितसँगै आर्मी चार खेल खेलेर नौ अङ्कसहित लिगको तेस्रो स्थानमा पुगेको छ । थ्री स्टारले चार खेलमा सात अङ्क जोडेको छ । थ्री स्टार अङ्क तालिकाको छैटौं स्थानमा छ ।
रासस

Logo