प्रदेश ५ सरकारले साग विजेतालाई सम्मान गर्ने

प्रदेश ५ सरकारले साग विजेतालाई सम्मान गर्ने

केन्द्रबिन्दु
0
Shares

बुटवल,

प्रदेश नं. ५ सरकारले १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का विजेतालाई सम्मान गर्ने भएको छ । सोमबार बसेको प्रदेश नं. ५ को मन्त्रिपरिषद् बैठकले सागमा सहभागी विजेतालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

सागमा सहभागी भएका प्रदेश नं. ५ का खेलाडीलाई एकलतर्फ स्वर्णपदक विजेतालाई एक लाख, समूहमा स्वर्ण जित्नेलाई ८० हजार, रजत एकललाई ८० हजार, समूहमा रजत जित्नेलाई ६० हजार, एकल कास्य जित्नेलाई ६० हजार, समूहमा कास्य जित्नेलाई ४० हजारसहित सम्मान गर्ने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले जानकारी दिए ।

बैठकले सामाजिक विकास मन्त्रालयले बनाएको पाठ्यक्रम तयार गर्ने कार्यविधि स्वीकृत गरेको छ । मन्त्रालयले अध्ययन गरेर प्रदेशस्तरीय पाठ्यक्रम निर्माण गर्नेछ । बैठकले कृषि क्षेत्रमा कृषि स्वयंसेवक नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै विपद् प्रभावित क्षेत्रमा बस्ती पूर्वाधार विकास गर्ने कार्यविधि स्वीकृत गरिएको मन्त्री गिरीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ ।

रासस

Skip This
Skip This
Logo