पिपिएल फाइनल: विराटनगरलाई २ सय ३ रनको विशाल लक्ष्य

पिपिएल फाइनल: विराटनगरलाई २ सय ३ रनको विशाल लक्ष्य

केन्द्रबिन्दु
0
Shares

पाेखरा । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) फाइनल खेलमा चितवन राइनोजले विराटनगर टाइटन्स जितका लागि २ सय ३ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो ।

चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले । दुवै ब्याट्सम्यानले समान ५०/५० रन बनाए ।

यस्तै कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र कारण केसीले २६ रनको योगदान गरे ।

 

Skip This
Skip This
Logo