काठमाडौं । नेपाल पुलिस क्लबले जारी कतार एयेरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग पहिलो जित हासिल गरेको छ । दस खेलाडीमा सिमित पुलिसले शुक्रबार सरस्वती युथ क्लबलाई २–० हराउँदै तेस्रो खेलमा पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा अन्जन राई दाहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिदा पुलिस १० खेलाडीमा सिमित भएको थियो ।
जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पुलिस लिगको सातौं स्थानमा रहेको छ । पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा थ्रीस्टार क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
सरस्वतीको यो लगातार तेस्रो हार हो । पहिलो खेलमा सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० गोल अन्तरले पराजित भएको थियो । अंक विहीन सरस्वती लिगको पुछारमा रहेको छ ।





























प्रतिक्रिया