विराटनगर प्लेअफमा

विराटनगर प्लेअफमा

केन्द्रबिन्दु
0
Shares

पोखरा: पाेखरामा जारी दाेस्राे संस्करणकाे पोखरा प्रिमियर लिगमा विराटनगर टिटान्सले बुटबल ब्लास्टर्समाथि ४ विकेटकाे जित निकाल्दै प्लेअफमा स्थान पक्का बनाएकाे छ ।

बुधबार बुटवल ब्लास्टर्सले प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य मात्र ११.४ ओभरमा पूरा गर्दै विराटनगरले प्लेअफमा स्थान पक्का गरेको हो ।

जितका लागि १ सय ३४ रनको विजयी लक्ष्य विराटनगरले मात्र ११.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्दै प्ले अफमा स्थान पक्का गरेको हो । प्ले अफमा पुग्न विराटनगरले १२.२ ओभरमा लक्ष्य पुरा गर्नु पर्ने समिकरण बनेको थियो ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको बुटवल ब्लास्टर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।

विराटनगरको अप्रत्याशित जितसँगै ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं लिग चरणबाटै बाहिरिएको छ । फाइनल प्रवेशको लागि विराटनगर र बुटवलबीच विहीबार क्वालिफायर खेल हुने छ । फाइनल पुष १२ मा हुने छ । चितवन अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा पुगिसकेको छ ।

Skip This
Skip This
Logo