पाेखरा । दाेस्राे संंस्करणकाे पाेखरा प्रिमियर लिगमा चितवन राइनाेजले पाँचाैँ जित दर्ता गरेकाे छ । यस अघिनै प्ल्अफमा स्थान बनाइसकेकाे चितवनले आज भएकाे पाँचाैँ खेलमा काठमाडौं गाेल्डेन्सलाई पराजित गरेकाे हाे ।
पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले मंगलबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालामा चितवनले दिएको लागि १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।
कप्तान ज्ञानेन्द्रले ४० रन बनाएपनि काठमाडौंलाई जित दिलाउन सकेनन् । यस्तै पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए ।
चितवनका सन्नी पटेल र रोहन मुस्तफाले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो
जितसंगै चितवन पाँच खेलमा पराजित रहदै फाइनल पुगेको हो । चितवनले ५ खेलमा १० अंक जोड्यो ।





























प्रतिक्रिया