एक्सेल्सियर क्वाटरफाइनलमा

एक्सेल्सियर क्वाटरफाइनलमा


काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१६ ब्वाइज फुटबलमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एक्सेल्सियरले ग्रिनफिल्डलाई ४–१ गोलले पराजित गर्दै समूह ‘सी’ को विजेता बन्यो । एक्सेल्सियरका धीरज जोशीले ह्याट्रिक गरे भने आकिराले १ गोल थपे । ग्रिनफिल्ड पनि समूह उपविजेता हुँदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

यु–१२ ब्वाइज फुटबलमा रेडिअन्ट पब्लिकले न्यु जेनिथलाई २–० र पुष्पसदनलाई १–०, एक्सेल्सियरले द चाँदबाग स्कुललाई ३–०, बृहस्पति विद्या सदनले चाँदबागलाई २–० र एक्सेल्सियरलाई १–० तथा न्यु जेनिथले न्यु इरालाई ३–० गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

बास्केटबलको सिनियर ब्वाइजमा एलआरआईले एक्सेल्सियरलाई ३०–२५, महामञ्जुश्रीले प्रिमियरलाई ४८–२६ र होली भिजनले बृहस्पतिलाई ३८–१९ ले पाखा लगाए । सिनियर गल्र्समा सिद्धार्थ बनस्थलीले स्किब्सलाई २७–२ र रेडिअन्टले बृहस्पतिलाई १९–५ ले पन्छाए । जुनियर ब्वाइजमा महामञ्जुश्रीले स्वर्णिमलाई ३०–१४ तथा पिपुल्स एकेडेमीले नव जीवनलाई ३२–१८ ले निराश पारे ।

Logo