साग पदक विजेता सम्मानित

साग पदक विजेता सम्मानित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सूर्यबहादुर थापा प्रतिष्ठानले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल धनकुटाका खेलाडी र प्रशिक्षकलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।

सागको पुरुष फुटबलमा स्वर्ण जितेका नेपाली फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ तथा करातेका प्रशिक्षकद्वय कुशल श्रेष्ठ र तारा गुरुङलाई खेलकुदको माध्यमबाट धनकुटाको शान बढाएकोमा प्रतिष्ठानले सम्मान गरेको हो । करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । खेलाडीका रुपमा कुशल १० औं सागका स्वर्ण विजेता पनि हुन् ।

उनीहरुलाई प्रतिष्ठानका अध्यक्ष सुनील थापा लगायलते दोसल्लाका साथै जनही नगद २५ हजार र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । कार्यक्रममा थापाले सीमित श्रोत र साधनका बावजुद देशको गौरव बढाएकोमा खेलाडीलाई बधाइका साथै धन्यवाद दिदै पदक विजेता खेलाडी र प्रशिक्षकले धनकुटालाई गौरवान्वित तुल्याएको बताए ।

उनले प्रतिष्ठानले विगतमा पनि खेलकुदको जागरण र विकासका लागि सहयोग गर्दै आएकोमा भविष्यमा पनि सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाए । सम्मानित प्रशिक्षक श्रेष्ठले आफ्नो ठाउँको परिवारका सदस्यले गरेको सम्मानको छुट्टै महत्व हुने धारणा व्यक्त गरे ।

Skip This
Skip This
Logo