पोखरा । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालामा बिहिबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सुय १९ रनको फराकिलो अन्तरले हराउँदै चितवनले लगातार दोस्रो जित निकालेको हो ।
चितवनले दिएको २ सय ४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवल १८ ओभर ४ बलमा अलआउट हुँदै ८४ रनमा समेटियो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।
चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक ठुलो रन हो । चितसँगै चितवनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो । यस्तै, बुटवलले काठमाडौं गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो ।
प्रतिक्रिया