काठमाडौं ।
पोखरा प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा काठमाडौं गोल्डेन्स वारियर्सले एक्सपर्ट धनगढीलाई १०६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा काठमाडौं गोल्डेन्सको यो पहिलो जित हो । आजको खेलमा धनगढी १६ ओभरमा ७९ रनमा अल आउट हुन पुग्यो ।
१०६ रनको लक्ष्य पछ्याएको धनगढीको सुरुआत भने राम्रो हुन सकेन । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं गोल्डेन्स वारिसर्यले निर्धारित १७ ओभरको खेलमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट पारी खेलेका थिए । उनले ३८ बल खेल्दै १०० रन बनाए । आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले ९ छक्का र ८ चौका प्रहार गर्दै शतक बनाएका हुन् ।































प्रतिक्रिया