काठमाडौं ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको दोस्रो खेलको निर्धारित समयमा पुलिस र हिमालयनले गोल गर्न सकेनन् । पहिलो हाफमा पुलिसले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको १३ औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले तथा ३० औँ मिनेटमा सुमन लामाले गोल गर्ने अवसर पाएका थिए । बराबरी खेलेपछि दुवै टोलीले एक–एक अङ्क बाँढेका छन् ।
मंगलबार नै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले सरस्वती युवा क्लबलाई ४–० गोलले पराजित ग¥यो । एनआरटीका लागि सरोज तामाङले दुई तथा विदेशी खेलाडी ओन्ग्विने निकेन्ग्वे र एनडेम्बा ओवानाले एक÷एक गोल गरे । तामाङले खेलको ६९ औँ र ८१ औँ मिनेटमा तथा निकेन्ग्वले ३९ औँ मिनेटमा र ओवानाले ९० औँ मिनेटमा गोल गरेका हुन् ।































प्रतिक्रिया