इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका उरुग्वेली फरवार्ड एडिसन काभानीलाई तीन खेलको प्रतिबन्ध सुनाइएको छ ।
३३ वर्षीय काभानीले प्रिमियर लिगको एस्टन भिल्ला, वाट्फोर्ड र कारावाओ कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीविरुद्धको खेल गुमाउने छ । उनले लिभरपुलविरुद्धको खेल खेल्ने सम्भावना छ ।
इंग्ल्यान्ड फुटबल एसोसिएसनले काभानीले सामाजिक सन्जाल इन्स्टाग्राममा जातीय विभेद हुने गरी ‘नेग्रिटो’ लेखेको विषयलाई लिएर तीन खेलको प्रतिबन्धसँगै १ लाख पाउन्ड जरिवाना सुनाइएको हो ।
उनको त्यो पोस्टलाई अपमानजनक, अनुचित वा खेल बदनाममा ल्याइएको भनेर ठानिएको छ ।





























प्रतिक्रिया