काठमाडौ, २०७६ मंसिर २५ । नेपालमा मंगलबार सम्पन्न भएकाे दक्षिण एसियाली खेलकुद प्रतियाेगितामा पदक जित्ने सबै खेलाडीहरूलाई सरकारले नगदसहित सम्मान गर्ने भएकाे छ । सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई जनही नौ लाख दिने घोषणा गरेको छ ।
प्रधानमन्त्रीले रजत पदक विजेता खेलाडीलाई जनही ६ लाख र काश्य पदक विजेतालाई जनही ३ लाख रुपैयाँ दिने पनि घोषणा गरे ।
प्रधानमन्त्रीकाे घोषणाा अनुसार ५१ स्वर्ण पदक जित्ने हरेक खेलाडीलाई सम्मान गर्दा ४ कराेड ५९ लाख, रजत जित्ने खेलाडीकाे सम्मानमा ३ कराेड ६० लाख र काश्य पदक जित्ने खेलाडीकाे सम्मानमा २ कराेड ८५ लाख गरी ११ कराेड ४ लाख खर्च हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरूलाई सम्मान गर्दै पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।































प्रतिक्रिया