काठमाडौं २०७६ मसिर २१ । १३ औं सागमा नेपाली क्रिकेट टाेली बंगलादेश यू-२३ सँग ४४ रनले पराजित भएसँगै स्वर्ण पदककाे यात्रा सकिएकाे छ । क्षिण एसियाली खेलकुदमा पुरुष क्रिकेट क्कटोली बंगलाशसँग पराजित हुँदै फाइनल पुग्बाट बञ्चित भएकाे हाे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ५६ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो । खराब सुरुवात गरेको नेपालले १४ रनमा ३ विकेट गुमाएको थियो ।
नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए ।उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंककाे स्काेर छुन सकेनन् ।
बंगलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान २/२ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेश यू-२३ ले ६ विकेट गुमाएर १ सय ५५ रन बनाएकाे थियो ।
। अब काश्य पदकका लागि खेल्नेछ ।































प्रतिक्रिया