१३ औं साग : पुरुष फुटबलमा नेपालको विजयी सुरुवात

१३ औं साग : पुरुष फुटबलमा नेपालको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत मंगलबार दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ।

नेपालले भुटानलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालका तर्फबाट कप्तान सुजल श्रेष्ठले २ तथा अभिषेक रिजाल र मिक्चेन तामाङले एक एक गोल गरेका हुन्।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा अरू ३ गोल थपेको हो।

पहिलो हाफको पाँच मिनेटमा नेपाली टोलीका सुजल श्रेष्ठले गोल गरी अग्रता दिलाए । दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठले नै अर्को गोल थपे । त्यस्तै ६५ मिनेटमा अभिषेक रिजालले तेस्रो गोल थपेपछि नेपालले अग्रता फराकिलो पार्दै लगेको थियो। र, खेलको ७६ औँ मिनेटमा मिक्चेन तामाङले फ्रिकिकमार्फत् गोल थपेपछि नेपाल फराकिलो गोल अन्तरले विजयी बनेको हो।

 

Skip This
Skip This
Logo