काठमाडौं,
१३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलबाट नेपालले कम्तीमा रजत पदक पक्का गरेको छ।
नेपालले सेमिफाइनलमा श्रीलंकालाई तीन शुन्यको सोझो सेटमा पराजित गरेपछि रजत पदक पक्का गरेको हो। नेपाल श्रीलंका सामु बलियो रुपमा प्रस्तुत भएको थियो। श्रीलंकालाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको नेपालको भेट बलियो प्रतिद्वन्द्वी भारतसँग हुनेछ। नेपालले पहिलो सेट श्रीलंकालाई २५-१४ ले जित्यो।
दोस्रो सेट २५-१८ ले जित्यो। अन्तिम सेट पनि नेपालले २५-२१ अंकमा जित्यो। फाइनल प्रतिद्वन्द्वी भारतले हिजो दिउँसो भएको खेलमा माल्दिभ्सलाई तीन शुन्यको सोझो सेटमा पराजित गरेको छ । भारतले मादिभ्सलाई २५–१४, २५–६ र २५–१७ पराजित गर्यो।





























प्रतिक्रिया