आत्मघाती गोलसँगै नेपाल युएईसँग पराजित

आत्मघाती गोलसँगै नेपाल युएईसँग पराजित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
एएफसी यू–१९ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । इरानको तेहरानस्थित पिएएस मैदानमा बुधबार भएको खेलमा नेपाल युएईसँग ४–० गोल अन्तरले पराजित भएको हो । खेलको पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पनि दुई गोल खायो ।

खेलको २७ औँ मिनेटमा नेपाली खेलाडीको आत्मघाती गोलबाट युएईले खाता खोलेको थियो । त्यस्तै खेलको पहिलो हाफको ३८ औं मिनेटमा युएईका इशा खालिफानले एक गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यस्तै खेलको ७१ औँ मिनेटमा युएईका खालिफा युसुफले थप एक गोल गर्दै अग्रता तेब्बर बनाए भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्ला हामिदले एक गोल गरी युएईलाई ४–० को सहज जित दिलाए । समूह डीमा रहेको नेपालले अब आयोजक इरानसँग शुक्रबार खेल्नेछ ।

Skip This
Skip This
Logo