काठमाडौं,
काठमाडौंमा जारी साफ यू–१८ च्याम्पियनसिपमा नेपालले समूह चरणको अन्तिम खेलमा आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल हलचोक मैदानमा दिउँसो ३ बजेदेखि सुरु हुने तालिका छ ।
पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी गर्दै प्रतियोगिताको सुरुवाात गरेको नेपालले भुटानविरुद्ध जित हात पारे सेमिफाइनल पुग्नेछ ।
दोस्रो संस्करणको समूह चरणमा भुटानले नेपालमाथि १–० ले पराजित गरेकाले भुटानसँग सजग भएर खेल्नुपर्ने नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठ बताउँछन् । पहिलो खेल खेल्न लागेको भुटान यदि बराबरीमा रोकिएमा सेमिफाइनल पुग्ने होड सबैका लागि खुला हुनेछ ।
सन् २०१५ देखि आयोजना हुँदै आएको साफ यू–१८ फुटबलमा दुवै संस्करणको उपाधि नेपालले जितेको छ भने तेस्रो पटक उपाधि जित्ने अभियानमा रहेको नेपाललाई भुटानविरुद्ध सहज जित आवश्यक पर्नेछ ।
पहिलो पटक नेपालमै आयोजना भएको यू १८ साफ च्याम्पियनसिपको उपाधि नेपालले नै जितेको थियो भने भुटानमा भएको दोस्रो संस्करणको उपाधि पनि नेपालले जितेको थियो । नेपालले सन् २०१७ मा भएको दोस्रो संस्करणमा पहिलो खेलमा भुटानसँग १–० ले पराजित भएको थियो ।































प्रतिक्रिया