कोरोनाका कारण ओलम्पिकको खर्च २२ प्रतिशतले बढ्ने

कोरोनाका कारण ओलम्पिकको खर्च २२ प्रतिशतले बढ्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

टोकियो ओलम्पिकको आधिकारिक खर्चमा २२ प्रतिशतले वृद्धि हुने भएको छ । कोरोनाका कारण जापानको टोकियोमा आयोजना हुने प्रतियोगिता अर्को वर्षलाई सरेको छ ।

स्थानीय आयोजक समितिले मंगलबार नयाँ बजेट जारी गर्दै यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमार्फत समितिले ओलम्पिक आयोजनामा १५ अर्ब ४० करोड डलर खर्च हुने जनाएको छ ।

पछिल्लो वर्ष ओलम्पिक आयोजनाको खर्च १२ अर्ब ६० करोड रहेको थियो । प्रतियोगिता एक वर्ष ढिला सुरु हुँदा बजेटमा दुई अर्ब ८० करोड डलर लागत बढेको हो ।

नयाँ सम्झौता अनुसार अघि बढ्नु पर्ने र कोरोना महामारीका कारण खर्चमा वृद्धि भएको बताईएको छ । ओलम्पिकको आयोजना सन् २०२१ को जुलाई २३ मा हुनेछ । पाराओलम्पिक अगष्ट २४ बाट सुरु हुनेछ ।

Skip This
Skip This
Logo