काठमाडौं । साफ यू-१५ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । फाइनल खेलमा नेपाललाई ७-० गोल अन्तरले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
शनिबार भारतको कोलकातास्थित कल्याणी रङ्गशालामा भएको फाइनल खेलको पहिलो हाफमा तीन गोलले पछि परेको नेपाल दोस्रो हाफमा थप चार गोल खान पुगेको थियो । लज्जास्पद हारसँगै नेपाल उपविजेता बनेको छ ।
राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा पनि नेपाल भारतसँग ५-० ले पराजित भएको थियो ।त्यसपछिका खेलमा भने नेपालले श्रीलंका, भुटान र बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गर्दै जित निकालेको थियो ।





























प्रतिक्रिया